नयाँ निकास जानकारी | QR Translator

निम्न जानकारी मूल जापानी भाषाको अनुवाद हो।

नोट 1: सतर्कता 5 सधैं जारी हुदैँन किनभने, उदाहरणका लागि, नगरपालिकाका अधिकारीहरु सही रुपमा विपदको अवस्था ठीकसँग बुझ्न असमर्थ छन्।
अनि सतर्कता तह सूचना (बाढी आएको सूचना तथा पहिरो जोखिमसम्बन्धी चेतावनी सूचना आदि ) जारी भए पनि जहिले पनि एउटै समयमा एउटै तहको सुरक्षित स्थानमा जानुपर्ने सूचना जारी हुन्छ भन्ने होइन।

※2 सतर्कता तह 3 भनेको वृद्धवृद्धा मानिस वा शारीरिक रुपमा अशक्त मानिस, गर्भवती, सुत्केरी महिलाहरू सुरक्षित स्थानमा जान धेरै समय लाग्ने मानिस सुरक्षित स्थानमा जान सुरु गर्ने समय हो
अन्य मानिसहरुले उनीहरुको जीबनमा खतरा महसुस गरेमा आफ्नो योजना मिलाउन वा आवश्यक परेमा सुरक्षित स्थानमा जान तयारी गर्न, वा आफैं अवस्थाअनुसार सुरक्षित स्थानमा जान तयारी गर्ने समय हो।

हाजार्ड म्याप हेरेर आफ्नो घरको विपत्ति रिस्क र चाल्नुपर्ने कदम पक्का गर्नुहोस्

"सुरक्षित स्थानमा लैजाने कार्य" भनेको खतराबाट टाढा बस्नु हो।

सुरक्षित स्थानमा भएमा सरकारले तोकेको सुरक्षित स्थानमा जानु आवश्यक छैन

घरभित्र सुरक्षित भएर बस्न पनि सकिन्छ।

※घरभित्र सुरक्षा पाउनु भनेको "3 वटा सर्त" पूरा भएको अवस्थामा चाल्न सकिने कदम हो
विस्तृत जानकारीको लागि स्क्रिन स्क्रोल गरेर सबैभन्दा मुनि हेर्नुहोस्।


मन्त्रिपरिषद् कार्यालय (विपद् व्यवस्थापन विभाग) तथा अग्नि व्यवस्थापन निकाय