प्रकोप रोकथाम - जापानी सरकारको क्याबिनेट कार्यालय | QR Translator

विदेशीहरूको लागि विपद् न्यूनीकरणका प्वाइन्टहरू

जापानको प्राकृतिक विपद्को बारेमा जानी राखौं

जापान एक प्राकृतिक विपद् (भूकम्प, सुनामी, ताइफुन, ठूलो वर्षा आदि) अति धेरै हुने देश हो। जून महिना देखि अक्टोवर महिना सम्म ताइफुन/ठूलो वर्षा धेरै हुन्छ। ठूलो विपद् उत्पन्न भएको बेलामा, दैनिक जीवनयापनलाई निरन्तरता दिन नसक्ने गरी विभिन्न क्षतिहरु हुने गर्छन् ।

अग्रिम रुपमा तयारी गरौं

क्षतिलाई धेरै हद सम्म न्यून गर्नको लागि अग्रिम रुपमा तयारी गरौं

व्यक्तिगत तवरले गर्न सक्ने तयारी

फर्निचर आदि लड्न तथा ढल्नबाट रोक्ने

आपतकालिन अवस्थामा साथमा लिएर जाने झोलाको तयारी

पानी र खानेकुराको भण्डारण

आदि

स्थानीय तहमा गर्ने तयारी

स्थानीय बासिन्दाहरूसँगको सम्बन्धले विपद्को बेलामा ठूलो मद्दत पुर्‍याउँछ। आफू बस्ने क्षेत्रको विपद् रोकथाम नमूना अभ्यास तथा स्वयंसेवक जस्ता कार्यमा सक्रिय रुपमा सहभागी होऔं।

विपद्को जानकारी चेक गरौं

विपद्को जानकारी प्राप्त गर्नको लागि सुविधाजनक एप्लिकेशन र वेबसाइट छ। अग्रिम रुपमा स्मार्टफोन आदिमा सेभ गरी राख्ने गरौं।

http://www.bousai.go.jp/kokusai/web/img/04_bousai_guidebook_Web_NP.pdf

विशेषगरी,ताइफुन आउने कुरा पहिला नै पूर्वानुमान गर्न सकिन्छ।

स्थानीय निकायहरुले आफ्नै तवरले बहुभाषामा सूचना सम्प्रेषण वा प्रवाह गर्ने व्यवस्था मिलाएको पनि हुन सक्छ। अग्रिम रुपमा जानकारी लिऔं।

नियमित रुपमा नजिकको आश्रय स्थल आदिको बारेमा जानकारी लिऔं।

सुरक्षित रुपमा आश्रय लिने गरौं

विपद उत्पन्न भएको समयमा जोखिम ठाउँमा रहेका मानिसहरू सुरक्षित स्थानमा आश्रय लिनु सामान्य नियम हो। साधारणतया, प्राथमिक विद्यालय जस्ता सार्वजनिक भवनलाई आश्रय स्थलको रुपमा प्रयोग गर्न सकिने गरी तोकिएको हुन्छ।


कोरोना रोग नियन्त्रणमा नआएको अवस्थामा आश्रय लिने बेलाका प्वाइन्टहरु र आश्रय लिने कार्यकलापको निर्णय फ्लोचार्ट चेक गरौं।

http://www.bousai.go.jp/kokusai/evacuation_points/pdf/point_ne.pdf


भूकम्प, सुनामी आएको बेलामा

समून्द्री तट नजिक भएको बेलामा, भूकम्पको धक्का महसुस गरेको, सुनामीको चेतावनी आदि जारी भएको बेलामा, तुरुन्तै अग्लो स्थानमा छिटो आश्रय लिने गरौं।

ठूलो वर्षा भएको बेलामा

नदी र भिर नजिक नजानुहोस्।

विपद्को बेलामा प्रयोग गर्ने सक्ने स्मार्टफोन एप्लिकेशन

Safety tips

जापानको विपद् सम्बन्धी जानकारी थाहा पाउनको लागि सजिलो एप्लिकेसन रहेको छ।

《iOS》

https://itunes.apple.com/us/app/safety-tips/id858357174

《Android》

https://play.google.com/store/apps/details?id=jp.co.rcsc.safetyTips.android&hl=en

Japan Official Travel App

जापानको पर्यटनमा सजिलो हुने एप्लिकेसन। विपद् आइपर्दा प्रयोग गर्न सकिनेछ।

《iOS/Android》

https://www.jnto.go.jp/smartapp/chs/about.html

NHK WORLD-JAPAN

NHK को समाचार प्रसार हुने। भूकम्प/सुनामीको आपत्कालिन सूचना समेत प्रवाह गरिनेछ।

《iOS》

https://itunes.apple.com/us/app/nhk-world-tv/id350732480?mt=8

《Android》

https://play.google.com/store/apps/details?id=jp.or.nhk.nhkworld.tv&hl=en

विपद्को बेलामा प्रयोग गर्न सक्ने वेबसाइट

मौसम विज्ञान नियोग विपद् जानकारी

https://www.data.jma.go.jp/multi/index.html?lang=np

NHK WORLD-JAPAN

https://www3.nhk.or.jp/nhkworld/en/multilingual_links/

जारी गर्ने: मन्त्री परिषद् कार्यालय
पर्यवेक्षक/सहकार्य: न्याय मन्त्रालय, अग्नि नियन्त्रण विभाग, पर्यटन विभाग, मौसम विज्ञान नियोग

* एप्लिकेसन तथा WEB साइटको जानकारी 2021 मार्च मसान्त सम्मको